योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो « Khabarhub

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलको कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक उदयको प्रमुख आधार बनाएको बताएका हुन्।

उनले रास्वपाले तत्कालीन अवस्थामा रवि लामिछाने र बालेन्द्र शाह (बालेन) जस्ता व्यक्तिलाई नेतृत्वको रूपमा अघि सार्दा उल्लेख्य राजनीतिक सफलता हासिल गरे पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न नसकेको आरोप लगाए। यही कारण रास्वपाको ‘शिखरबाट ओरालो यात्रा’ सुरु भएको उनको दाबी छ।

भट्टराईले रास्वपा र त्यसका नेतृत्वले अरूको परीक्षा लिएर रमाउने अवस्था अब आफ्नै परीक्षामा ‘तितो फूल’ देखिने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन बाहिर तथा पार्टीभित्रका विरोधीमाथि बदला र प्रतिशोधको राजनीति आधार बन्न नसक्ने उनको भनाइ छ।

साथै, रास्वपाको कमजोर हुँदै गएको अवस्थालाई पुराना दलका नेताहरूले आफ्नो नेतृत्वको पुनःस्थापना र राजनीतिक पुनरुत्थानको आधार ठान्नु पनि गलत हुने भट्टराईले बताएका छन्।

उनका अनुसार पुराना दलहरूले विगतका कमजोरीको समीक्षा नगर्ने, खस्किँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वको कमजोरी ढाकछोप गर्ने प्रवृत्ति दोहोर्‍याए गम्भीर राजनीतिक भूल हुनेछ।

भट्टराईले नीति, विचार र संगठनको पुनर्गठनबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै समस्या र कमजोरीलाई ‘कार्पेटमुनि’ लुकाएर जयजयकार गर्ने भीडलाई मात्रै लोकप्रियता र शक्तिको स्रोत ठान्न नहुने बताएका छन्।

उनले रास्वपाको वर्तमान अवस्थाबाट पुराना दलहरूले आत्मसन्तुष्टि लिनुभन्दा आफ्नै कमजोरी पहिचान गरी राजनीतिक, वैचारिक र संगठनात्मक पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने संकेत गरेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ९ : ३९ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण