झापाका किसानलाई मलको अभाव नहुने « Khabarhub

झापाका किसानलाई मलको अभाव नहुने


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डीएपी किसानलाई वितरण गरिएको छ ।

त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताए। धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । 

उनका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डीएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ ।

धान रोपाइँपछि धानको वृद्धि र उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणअन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिए । उनका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्यांकन गरी आपूर्ति व्यवस्थापन गरिनेछ ।

‘थप मल आउने भएकाले किसानले मलको अभाव बेहोर्नुपर्ने अवस्था आउँदैन’, प्रमुख राजवंशीले भने। 

कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ । 
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ११ : १२ बजे

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै