इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै « Khabarhub

इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी भएका छन्।

भेलाका प्रमुख अतिथि रहेका देउवा शुक्रबार कार्यक्रमस्थल पुगेका हुन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि विदेश गएका देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए।

नेपाल फर्किएलगत्तै पार्टी राजनीतिमा सक्रिय भएका देउवाले संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेसभित्र नेतृत्व परिवर्तनपछि पनि देउवा पक्षले आफ्नो छुट्टै राजनीतिक समूह सक्रिय राख्दै आएको छ।

गत वर्ष पुसको अन्तिममा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बने पनि देउवा पक्षले उनलाई पार्टी सभापतिको रूपमा स्वीकार गरेको छैन। त्यसको संकेत देउवाको नेपाल फर्किएपछिको गतिविधिमा समेत देखिएको छ।

बिहीबार नेपाल फर्किएलगत्तै चुन्नदेवीस्थित निवासमा देउवा सभापतिकै हैसियतमा बसेका थिए। शुक्रबार संस्थापन इतर समूहको भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगेका देउवाले पार्टीको आगामी राजनीतिक दिशाबारे धारणा राख्ने अपेक्षा गरिएको छ।

देउवाको सक्रियताले कांग्रेसभित्र नेतृत्व परिवर्तनपछि पनि पुरानो संस्थापन समूहको प्रभाव र नयाँ नेतृत्वसँगको शक्ति संघर्ष कायमै रहेको देखाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : १२ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक