दुर्गासँग छुटेपछि एक्लै दल दर्ता गर्न आयोग पुगे धवल « Khabarhub

दुर्गासँग छुटेपछि एक्लै दल दर्ता गर्न आयोग पुगे धवल


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति रक्षाका लागि भन्दै दुई महिनाअघि मात्रै नयाँ राजनीतिक शक्ति निर्माण गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसांसद डा. धवल शम्शेर राणा र राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंको सहयात्रा सकिएको छ।

सहयात्रा सकिएसँगै राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणा दल दर्ता गर्न आफ्ना केही समर्थकसहित निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगमा दल दर्ता नपुग्दै विभाजित भएपछि धवलले एक्लै यात्रा थालेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पद त्यागेका धवल शम्शेर राणाले शुक्रबार निर्वाचन आयोगमा पुगेर ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। बिहीबारसम्म एकै ठाउँ रहेका दुर्गा प्रसाईं र धवल अब छुट्टिएका हुन् ।

राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र निर्माणका लागि भन्दै उनीहरू दुई महिनाअघि मिलेका थिए । सहमतिअनुसार धवल अध्यक्ष र दुर्गा ‘सर्वोच्च नेता’ बनेका थिए । १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने सहमति पनि भएको थियो । धवल पक्षीय ४०, प्रसाईं पक्षीय ४० र तटस्थ २० जना रहने सहमति पनि भएको थियो । उनीहरूले चुनाव चिह्न ‘त्रिभुज’ राखेका थिए ।

तर, दल दर्ताको अन्तिम तयारी भएका बेला शक्तिको विवादले उनीहरू छुटेका हुन् । वरीयतामा लफडा भएपछि उनीहरू यात्रा नथालल्दै फुटेका हुन् ।

प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने अडान राखेका थिए । धवल प्रसाईंको यो मागलाई अस्वीकार गरेपछि यात्रा सकिएको हो । प्रसाईंले ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्दै धवल शम्शेरप्रति आक्रोश पोखे । पार्टी दर्ताको समयबारे पनि विवाद भयो । त्यहीकारण उनीहरू छुट्टिए ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १ : ५७ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र