देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई « Khabarhub

देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा नेतृ सुजता कोइराला सहभागी भएकी छैनन्।

कोइराला परिवारका नेताद्वय डा. शशांक कोइराला र डा. शेखर कोइराला देउवा पक्षको भेलामा सहभागी हुँदा सुजता भने उपस्थित भइनन्।

शुक्रबार कांग्रेसको बैठकमा धारणा राख्दै सुजाताले पार्टीको आगामी नेतृत्वमा सभापति गगन थापालाई साथ दिने बताएकी छन्। उनले अब नेपाली कांग्रेसको नेतृत्व थापाले नै गर्नुपर्ने धारणा राखेकी छन्।

सुजाताका अनुसार पार्टी सञ्चालनका लागि गगन थापाभन्दा उपयुक्त पात्र अहिले कांग्रेसमा नरहेको उनको निष्कर्ष छ।

कोइराला परिवारका तीन नेतामध्ये शशांक र शेखर देउवाको भेलामा सहभागी भइरहेका बेला सुजाताले गगनको पक्षमा उभिएपछि कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरण थप रोचक बनेको छ।

देउवा पक्षले गगन थापालाई सभापतिको रूपमा स्वीकार नगरेको अवस्थामा सुजाताको पछिल्लो धारणा नयाँ नेतृत्वको पक्षमा खुलेर आएको महत्त्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : १५ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक