रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल « Khabarhub

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले बाढी–पहिरोबाट प्रभावित गृह जिल्लाका नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले यस्तो अपिल गरेका हुन् । 

उनले तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने घोषणा गरेका छन्।

विपद्पीडितको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको भन्दै पुनले पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने बताएका छन्।

‘तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने जानकारी गराउँदछु । साथै, विपद्पीडितहरूको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको छु । पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ,’ पुनले लेखेका छन्।

उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई विपद्मा परेका परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

लगातारका विपद्ले सिंगो रोल्पालाई गहिरो शोकमा डुबाएको भन्दै पुनले बाढी–पहिरोमा परी ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

पहिरो तथा बाढीपीडितको तत्काल उद्धार, उचित राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न उनले प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, बाढी–पहिरोपीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

वर्षायाममा सम्भावित प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सतर्कता अपनाउन, जनस्तरमा सचेतना फैलाउन तथा उद्धार र राहतको पूर्वतयारीलाई प्रभावकारी बनाउन पनि उनले आग्रह गरेका छन्।

विपद्को कठिन घडीमा उद्धार, राहत तथा सहयोगमा जुटिरहेका स्थानीय सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासीप्रति पुनले धन्यवाद व्यक्त गरेका छन्।

पुनले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर पहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चारबुँदे मागसमेत पेस गरेका थिए।

रोल्पाको थवाङमा बुधबार राति पहिरोमा परी १० जनाको मृत्यु भएको थियो भने सुनछहरी गाउँपालिकामा बिहीबार राति पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : २४ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक