मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल « Khabarhub

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताएका छन् । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले विकास लामो यात्रा भएकाले उद्देश्य प्राप्तिमा केही समय लाग्न सक्ने यथार्थलाई स्विकार्नुपर्ने बताए ।

‘केही भएन वा गर्न सकेन’ भन्दैसमाजमा नकारात्मक सन्देश फैलाउन नहुने भन्दै उनले नकारात्मकताले देशलाई पुनः असफलतातिर धकेल्ने खतरा रहने धारणा राखे ।  

उनले इतिहासमै पहिलो पटक सरकार र प्रतिनिधिसभाले बलियो जनादेश पाएको हुँदा असफल हुने छुट नरहेको बताए ।

सभामुख अर्यालले विगतमा कानुन बनाउँदा छुटेका सरोकारवालाहरूलाई अबका नीति–निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा समेटिने प्रतिबद्धता समेत जनाए । 

उनले देशको भूगोल र चेतनालाई सुहाउँदो उत्कृष्ट कानुन निर्माण गर्न र आगामी पुस्ताका लागि बस्नलायक देश बनाउन अहोरात्र खट्ने उल्लेख गरे । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : ५० बजे

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार