देउवालाई लिन गगन-विश्व विमानस्थल नपुगेको भन्दै रिसाए दुजाङ « Khabarhub

देउवालाई लिन गगन-विश्व विमानस्थल नपुगेको भन्दै रिसाए दुजाङ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा पूर्वसभापति शेरबहादुर देउवालाई लिन विमानस्थल नपुगेको भन्दै गुनासो गरेका छन्।

कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शेर्पाले देउवा विमानस्थल आइपुग्दा पार्टी सभापति थापा र महामन्त्री शर्मा उनलाई स्वागत गर्न नपुगेको प्रसङ्ग उठाएका हुन्।

उनले निर्वाचित पार्टी सभापतिलाई लिन नपुग्नुले नेताहरूको राजनीतिक संस्कारमाथि प्रश्न उठाउने ठाउँ दिएको बताए।

‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिलाई लिन गगनकुमार थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएको देख्दा उहाँहरूको संस्कारमाथि प्रश्न उठाउने ठाउँ रह्यो,’ शेर्पाले भने।

उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्रसमेत संकटमा पर्ने दाबी गर्दै पार्टीभित्र देखिएको बेमेलले मुलुकमा समेत संकट निम्त्याएको बताए।

‘जबजब कांग्रेस कमजोर रहन्छ, तबतब लोकतन्त्र संकटमा पर्छ। आज कांग्रेसमा देखिएको बेमेलका कारण देशमा संकट उत्पन्न भएको छ,’ शेर्पाले भने।

शेर्पाले पार्टीभित्रको मतभेद र दूरी अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : ५६ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको