प्रधानमन्त्री बालेनलाई भेटेर वर्षमानले मागे रोल्पाका पहिरो पीडितलाई सहयोग « Khabarhub

प्रधानमन्त्री बालेनलाई भेटेर वर्षमानले मागे रोल्पाका पहिरो पीडितलाई सहयोग


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमानपुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा रोल्पामा १० जनाको ज्यान जाने गरी गएको पहिरो र त्यसका प्रभावितलाई क्षतिपूर्तिबारे दुईजनाबीच कुराकानी भएको छ।

भेटमा पहिरोपछि निम्तिएको विपद्बाट आएको समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताउँदै प्रधानमन्त्रीले नेता पुनसँग प्रतिबद्धता जनाएका थिए।

उनले पहिरोबाट विस्थापित परिवारलाई पुनर्स्थापना, गाँसवास र कपासको व्यवस्था गर्नुपर्ने माग प्रधानमन्त्रीसँग राखेका छन् ।

पहिरो प्रभावितहरूको पुनःस्थापना र भविष्यमा पुनःनिर्माणको कामलाई पुग्दो सहयोग सरकारले गर्नुपर्ने पुनले बताए । उक्त पहिरोमा १० जनाको ज्यान जाँदा तीनजना अझै बेपत्ता छन्।

थबाङ गाउँपालिका-५ उवा कोटलबारामा बुधबार रातिको भीषण पहिरोमा १० जनाको मृत्यु भएको छ । पहिरोमा गम्भीर घाइते भएका दुईजनाको बुटवलमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पहिरोमा पुरिएका र बाढीले बगाएर लगेकासहित १० जनाको शव फेला परेको हो । घटनास्थलबाट ५ जनाको शव निकालिएको छ । थप ५ जनाको शव रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदी किनारमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : १४ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको