सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ? « Khabarhub

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्वमा आफूहरू अघि बढ्ने बताएका छन्।

संस्थापन इतर समूहले शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सफल बनाउने दाबी गरे।

उनले सानेपामा रहेको पार्टी कार्यालयका नेताहरूलाई लक्षित गर्दै १५औँ महाधिवेशनमा देउवाको नेतृत्वमा गएर आफ्नो शक्ति देखाउने बताए।

‘पार्टी कार्यालय सानेपाका नेताहरूलाई म भन्न चाहन्छु, १५औँ महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्वमा जाऔँ, तपाईंहरूको हालत के होला,’ थापाले भने।

थापाले भक्तपुरमा पार्टीको आधिकारिक नेतृत्व आफू नै रहेको दाबीसमेत गरे। ‘भक्तपुरमा कुनै अर्को सभापति छैन, कांग्रेसको सभापति म हो,’ उनले भने।

कांग्रेसभित्र सभापति गगन थापा पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच नेतृत्व तथा पार्टीको आधिकारिकताका विषयमा विवाद चलिरहेका बेला दुर्लभ थापाको यस्तो अभिव्यक्ति आएको हो।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : ३० बजे

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,