एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै « Khabarhub

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृहजिल्ला झापा जाने भएका छन्।

नेताहरूका अनुसार ओली ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटन गर्न गृहजिल्ला झापा जान लागेका हुन् । आगामी आइतबार मध्याह्न साढे १२ बजे बिर्तामोड सहरबाट झापा एमालेले जागरण अभियान शुरू गर्दैछ ।

त्यही कार्यक्रमका लागि ओली एक दिनपहिले नै झापा जान लागेका हुन् । ‘अध्यक्ष कमरेड शनिबार बिहान १० बजे झापा आउने कार्यक्रम छ,’ एमाले नेता रविन कोइरालाले सञ्चारकर्मीसँग भने, ‘आदिवासी- जनजाति महासंघको कार्यक्रम राखिएकाले एक दिनअघि नै उहाँ गृहजिल्ला आउन लाग्नु भएको हो ।’

गत फागुन २१ को चुनावमा नराम्रोसँग पछारिएको एमालेले जिल्ला तहबाट मिसन पार्टी जागरण अभियान थाल्दैछ। उता अन्य जिल्लामा महासचिव शंकर पोखरेल लगायत नेताहरूले यो अभियान उद्घाटन गरेका थिए ।

गृहजिल्ला झापामा भने उनलाई प्रमुख अतिथि बनाएर अभियानको उद्घाटन गरिँदैछ। ओली फागुन २१ को निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहसँग ठूलो मतान्तरले पराजित भएका थिए ।

चुनावमा पराजय भएयता ओली झापा गइरहेका छैनन्। उनले बुवाको काज किरिया पनि भक्तपुरको गुन्डुमै गरेका छन् । उता ओलीलाई हराएका वालेन्द्र पनि चुनावपछि झापा फर्किएर गएका छैनन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : ३६ बजे

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,