प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन « Khabarhub

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफामा वृद्धि गरेको छ । 

गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २८.४९ प्रतिशतले खुद नाफा बढाएको हो ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ११ करोड २५ लाख ६८ हजार ८ सय रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २८.४९ प्रतिशतले बढी हो । 

अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार ९५५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको व्यवसाय विस्तारमा पनि वृद्धि भएको देखिएको छ । 

बैंकले ग्राहकहरूबाट कुल २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख १४ हजार ७३५ रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्ष २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार ६२२ रुपैयाँ रहेको थियो । 

त्यसैगरी, कर्जा प्रवाहतर्फ बैंकले २ खर्ब २६ अर्ब ४४ करोड १० लाख १ हजार ९५६ रुपैयाँ पुर्‍याएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ९ अर्ब ९ करोड ९२ लाख ९ हजार ९१७ रुपैयाँ थियो ।

बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) को अनुपातमा भने केही वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५.८१ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ६.६९ प्रतिशत पुगेको छ । 

निष्क्रिय कर्जा बढेपनि बैंकले लोन लस प्रोभिजन भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटाएको छ । 

अघिल्लो आर्थिक वर्षमा ९८.९९ प्रतिशत लोन लस प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्षमा घटाएर ८९.७० प्रतिशतमा झारेको छ ।

तर, बैंकको पुँजीकोष पर्याप्तता अनुपातमा सुधार आएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष ११.३३ प्रतिशत रहेको पुँजीकोष पर्याप्तता यस वर्ष सुधार भएर १२.८७ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिशेयर आम्दानी १९.६३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६६.२५ रुपैयाँ रहेको छ । 

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ७४ लाख १२ हजार ९१२ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : ४२ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका