पार्टी एकताले मात्र देशलाई विकराल स्थितिबाट जोगाउन सक्छ : महालक्ष्मी उपाध्याय ‘डिना’ « Khabarhub

पार्टी एकताले मात्र देशलाई विकराल स्थितिबाट जोगाउन सक्छ : महालक्ष्मी उपाध्याय ‘डिना’


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्रको आन्तरिक विवादका कारण देशको अवस्था नै विकराल बन्दै गएको बताएकी छन् । शेरबहादुर देउवा पक्षद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राष्ट्रिय परिप्रेक्ष्यमा मुलुकलाई जोगाउन नेपाली कांग्रेसको सुदृढ एकता नै मूल सिद्धान्त हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै नेतृ डिनाले पार्टीलाई आन्तरिक रूपमा एक ढिक्का बनाउनका लागि सबै नेता-कार्यकर्ता आफ्ना स्थापित मूल्य र मान्यतालाई अगाडि बढाउँदै अघि बढ्नुपर्ने बताइन् । देश र जनताले अहिले विभिन्न किसिमको अन्योल र आतंकको सामना गरिरहेको उल्लेख गर्दै उनले समग्र समस्याको निकास कांग्रेसको एकतामै निहित रहेको दाबी गरिन् । पार्टीलाई बलियो र एकीकृत बनाउनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार र तयार हुनुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस ऐतिहासिक मूल्य, मान्यता र सिद्धान्त बोकेको पार्टी भएको स्मरण गराउँदै उनले पछिल्लो समय पार्टीभित्रको छलफल र आवाज केवल नेताहरूलाई गाली गर्नेतर्फ मात्र केन्द्रित हुनु चिन्ताजनक रहेको बताइन् । एक-अर्कालाई निरन्तर दोषारोपण गरेर कांग्रेसलाई छिन्नभिन्न बनाउन नहुने आफ्नो स्पष्ट मान्यता रहेको उल्लेख गर्दै उनले आन्तरिक एकता कायम गरी मुलुकलाई सही दिशा दिन सबैलाई एकजुट हुन आग्रह गरिन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : ३३ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी