ग्यास अभावमा आत्तिनुपर्ने अवस्था छैन : मन्त्रालय « Khabarhub

ग्यास अभावमा आत्तिनुपर्ने अवस्था छैन : मन्त्रालय


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको मागमा चाप बढेर केही असहजता देखिएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । 

शुक्रबार सिहदरबारमा आयोजित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनमा विगतमा आधा सिलिन्डर (७.१ केजी) वितरण गरिएको र हाल पुनः पूरै सिलिन्डर (१४.२ केजी) मा जाँदा मागमा चाप बढेर केही असहजता देखिएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो । बजारको अभाव पूर्ति गर्न ग्यास बुलेटहरूको आयात बढाइएको मन्त्रालयले जनाएको छ । 

मासिक औसत ४९,५०० मेट्रिक टन आपूर्ति भइरहेकोमा आगामी ३ महिनाका लागि मासिक ६०,००० मेट्रिक टन ग्यास उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्ला दिनहरूमा दैनिक औसत १ लाख ३२ हजार सिलिन्डर बजारमा पठाइएको छ । 

ग्यासको आपूर्ति नियमित भइरहेकाले उपभोक्तालाई अनावश्यक स्टक वा होर्डिङ नगर्न र आफूलाई आवश्यक परिमाणमा मात्र लिन समेत आग्रह गरिएको मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बताए । 

सरकारले आधा सिलिन्डरमा जाने कुनै सोच नबनाएको भन्दै उनले पूरा सिलिन्डर नै सहज रूपमा वितरण गर्ने गरी तयारी र व्यवस्थापन अगाडि बढाइएको स्पष्ट पारे । 

साथै मन्त्रालयले व्यवसायीहरूलाई एकल सिलिन्डर भएका, वृद्ध, अशक्त तथा सुत्केरीलाई प्राथमिकता दिएर वितरण गर्न अनुरोध गर्दै गलत मनसाय राख्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ०१ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर