झलनाथ खनाल र मोहनविक्रम सिंहबीच राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल « Khabarhub

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (मसाल) का महामन्त्री तथा वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहबीच मुलुकको पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र बदलिँदो परिस्थितिबारे छलफल भएको छ। आज सिंह निवास बनस्थलीमा भएको भेटवार्तामा मुलुकको जटिल बन्दै गएको राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमसत्तामाथि उत्पन्न हुन सक्ने चुनौती र सम्भावित बाह्य हस्तक्षेपका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो।

छलफलका क्रममा वर्तमान परिस्थितिको गम्भीर विश्लेषण गर्दै वामपन्थी शक्तिहरूका साथै सबै देशभक्त तथा लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिप्रति सजग रहँदै मुलुकको राष्ट्रिय हित, स्वाधीनता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि जिम्मेवार राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा दुवै नेताबीच विचार-विमर्श भएको छ ।

भेटवार्तामा मुलुकको वर्तमान राजनीतिक संकट तथा त्यसबाट उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्न राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूबीच सहकार्य र समन्वय बढाउनुपर्ने आवश्यकतामाथि समेत छलफल भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : ३३ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त