आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६ सेप्टेम्बर १४ तारिख। भदौ शुक्ल पक्षको तृतीया तिथि। हरितालिका तीजको व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। हरेक काममा साथीको साथ आवश्य हुन्छ । जमघटमा सचेत बन्नुपर्ने दिन छ ।

वृष : सोचेको काम बन्ने दिन छ । तपाईंको बोलीको प्रभाव रहने छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।

मिथुन : सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक झमेला हुनेछ । पर्वको नाममा खानपानमा विशेष ध्यान दिनु उचित हुन्छ ।

कर्कट : शुभ दिन छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : हरेक काममा सतर्क रहनुपर्नेछ । व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्ने छ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ। परिवारमा भने महत्वपूर्ण भेटघाट हुनेछ ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ ।  मन शान्त बन्ने छ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। साथीको साथले काम बन्ने छ ।

तुला : अनावश्यक यात्रामा खर्च बढ्ने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल अर्कैले खाने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

वृश्चिक : आज गुम्न लागेको धन हात लाग्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। पुरानो रोगबाट छुटकारा पाउने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। सोचेको काम बन्ने योग छ ।

कुम्भ : सानो कुराले मनमा झन्झट थपिने छ। रोगले सताउने छ। मनमा चिन्ता थपिने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा भने जमघट हुनेछ । दिदीबहिनीको रमाइलो देख्दा मन शान्ता बन्ने छ ।

मीन : दिन राम्रो छ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मिहिनेत सफल बन्ने छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ५ : २१ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका