बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम « Khabarhub

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ लाई सामाजिक उत्तरदायित्वसँग जोडिएको छ । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वसँग जोडिएको आयोजकले बताएका छन् ।

फेसियल हाउसले ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ नाम दिएर आयोजना गरिएको सो कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘ब्राइडल मेकअप कम्पिटिसन’ समेत आयोजना गरिएको थियो । ‘चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ’ भन्ने नारासहित शनिबार काठमाडौँमा आयोजना गरिएको सो प्रदर्शनीमा सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले बताएका छन् ।

कार्यक्रममा फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्ने बताइन् । ”संस्कृति पनि जोगिन्छ, आफन्त र साथीभाइसँग भेटघाट पनि हुन्छ । त्यससँगै विपदमा परेका नागरिकलाई सहयोग गर्न पनि सकिन्छ । त्यसैले यस वर्षको कार्यक्रमलाई बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडेर आयोजना गरेका हौँ,” महराले भनिन् ।

यस वर्ष आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा सुनिता राई विजेता बनिन् । अस्लिना गुरुङ फर्स्ट रनर-अप र उर्मिला तामाङ सेकेन्ड रनर-अप घोषित भए ।

त्यस्तै, जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट र्याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित भइन् । विजेताहरूलाई क्राउनसमेत लगाइएको थियो ।

प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । फेसियल हाउसले स्थापनाकालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  २ : २७ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता