केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत « Khabarhub

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएको छ । देउवा समूहका शीर्षनेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए ।

संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो । महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गएिको हो ।

यसअघि पूर्वसभापति देउवा समूहले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

संस्थापन पक्षले यस अघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुबै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुबै पक्षबाट कायमै राखेको देखिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ३ : ४२ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको