प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष « Khabarhub

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका छन्।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाह सोमबार सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएलगत्तै प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले तामाङलाई सिंहदरबारभित्रबाटै पक्राउ गरिएको जानकारी दिए ।

उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो । उनलाई काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तले पक्राउ अनुमति मागेको थियो।

अरुण अर्यालको जाहेरीमा अघि बढेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागिएको थियो ।

प्रहरीले जाहेरी दरखास्त तथा बैंक विवरणबाट घटनामा संलग्न रहेको खुलेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (२) बमोजिम पक्राउ अनुमति मागेर समातेको हो ।

काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम तामाङका नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।

उनी नुवाकोटको किस्पाङ गाउँपालिका–३ घर निवासी त्यही पालिकाका अध्यक्ष हुन्। उनले काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालिका चलाइरहेका थिए। उनी र उनका बुवा लालसिंह तामाङसितले उक्त कम्पनी चलाइरहेका थिए । त्यही कम्पनीका सञ्चालक तामाङविरुद्ध बैंकिङ कसुर जाहेरी परेको थियो ।

प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागसम्बन्धी पत्र २०८३ वैशाख २८ गते दरबारमार्ग प्रहरी वृत्तको अपराध अनुसन्धान तथा कारबाही शाखाले काठमाडौं जिल्ला अदालतमा पठाएको थियो । अहिले तामाङलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ४ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली