बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर « Khabarhub

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

कम्पनीले चितवन मेडिकल कलेजसँग सहकार्य गरी विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नम्बर ५ स्थित त्रिशूली विद्यालय र वडा नम्बर ९ स्थित भैरवडाँडामा सञ्चालन गरिनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा परामर्श, आवश्यक औषधि वितरण र विभिन्न रोगको परीक्षण निःशुल्क गरिने आर्या फार्मा ल्याबले जनाएको छ । थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइनेछ ।

बाढीपछि प्रभावित परिवारलाई स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

आर्या फार्मा ल्याबले यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो । सोही अभियानलाई निरन्तरता दिँदै प्रभावित बस्तीमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको कम्पनीको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिइरहेको आर्या फार्मा ल्याबले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ५ : ०६ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका