बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर « Khabarhub

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

कम्पनीले चितवन मेडिकल कलेजसँग सहकार्य गरी विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नम्बर ५ स्थित त्रिशूली विद्यालय र वडा नम्बर ९ स्थित भैरवडाँडामा सञ्चालन गरिनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा परामर्श, आवश्यक औषधि वितरण र विभिन्न रोगको परीक्षण निःशुल्क गरिने आर्या फार्मा ल्याबले जनाएको छ । थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइनेछ ।

बाढीपछि प्रभावित परिवारलाई स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

आर्या फार्मा ल्याबले यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो । सोही अभियानलाई निरन्तरता दिँदै प्रभावित बस्तीमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको कम्पनीको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिइरहेको आर्या फार्मा ल्याबले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ५ : ०६ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा