एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र « Khabarhub

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट १ सय दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै अनुरोध गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनहरूबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र वितरण गर्दै आएका छन् ।

तर, सर्वसाधारणले १ सय दरका नोटहरू पनि एटीएम मेसिनबाटै उपलब्ध गराउनुपर्ने माग बेलाबेलामा आउने गरेको भन्दै राष्ट्र बैंकले सो अनुरोध गरेको हो । नजिकिँदै गरेको चाड बडादशैँको उपलक्ष्यमा १ सय दरका नोटहरू एटीएमबाटै वितरण गर्न सकिएमा बैंकहरूमा साना दरका नोट साट्ने ग्राहकहरूको भीड उल्लेख्य रूपमा कम हुने राष्ट्र बैंकको आंकलन रहेको छ ।

सो सम्बन्धी व्यवस्था गर्न प्राविधिक रूपमा सम्भव रहेको जानकारी समेत प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालद्वारा हस्ताक्षरित पत्रमा सर्वसाधारण ग्राहकको सुविधा र चाडपर्वको समयमा बैंकहरूमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी १ सय दरका नोटहरू पनि एटीएमबाट वितरण गर्ने व्यवस्था मिलाउन सहयोगका लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ५ : २२ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन