आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर १४ तारिख। असोज शुक्ल पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अगाडि सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। आफन्तले तपाईंको सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मन शान्त बन्नेछ। सहकार्यमा सुरुवात गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढाएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ।

कर्कट : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। तर यात्रा गर्दा जोगिनुपर्ने देनिन्छ । स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अवरोध हुनेछ। नतिजाका लागि मेहनत आवश्यक हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन सहज छ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्नेछ। विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ ।  गुम्न लागेको धन हात लाग्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । खुसीको  खबर  सुन्दा मन प्रशन्न हुनेछ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ।

धनु : ठुलो योजना नबनाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ। राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँजो हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत रहेको छ। दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : स्वास्थ्यमा सुधार हुनसक्छ। कतै  घुमफिरको योजना बन्नेछ । मिष्ठान्न भोजन र नयाँ वस्त्र पाप्त  हुँदा मन हर्षित  हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मीन : शुभग्रहको बहुमत छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ४ : ५९ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ