काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर एट्लेटिकोसँग २–० गोलले पराजित भएको हो ।
एट्लेटिकोका लागि पाब्लो बारियोस र एडेमोला लुकम्यानले एक–एक गोल गरेका थिए ।
खेलको पहिलो मिनेटमै बारियोसले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ७९औँ मिनेटमा लुकम्यानले गरेको गोलसँगै एट्लेटिको २–० गोलले विजयी भयो ।
यो जितसँगै २ खेलबाट ३ अंक जोडेको एट्लेटिको तालिकाको १३औँ स्थानमा छ । पराजित भएको म्यानचेस्टर युनाइटेड समान खेलबाट ३ अंकका साथ सातौँ स्थानमा छ ।














प्रतिक्रिया