दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन « Khabarhub

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको निधन भएको छ । 

त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको निधन भएको अस्पतालले  घोषणा गरेको थियो ।
 
प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।
 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : ३७ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम