सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू) « Khabarhub

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ । दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले सल्लाघारीमा च्याङ्ग्रा ल्याएर बिक्री सुरु गरेका हुन् ।

यस वर्ष च्याङ्ग्रा खरिद तथा ढुवानीमा कठिनाइ हुनुका साथै मूल्यसमेत बढेको व्यापारीहरूले बताएका छन् । 

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको दुवाकोटमा बस्दै आएका च्याङ्ग्रा व्यापारी मेखबहादुर नेपालले ३० वर्षभन्दा लामो समयदेखि च्याङ्ग्राको व्यापार गर्दै आएकोमा यस वर्षजस्तो महँगी यसअघि अनुभव नगरेको बताए ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य प्रतिगोटा करिब तीन हजार रुपैयाँसम्म महँगिएको छ । यद्यपि उपभोक्तालाई ध्यानमा राख्दै आफूले गत वर्षकै हाराहारीमा मूल्य राखेर बिक्री गरिरहेको उनले बताए ।

सल्लाघारीमा च्याङ्ग्राको मूल्य प्रतिकेजी जिउँदो तौलमा एक हजार २५० देखि एक हजार ३०० रुपैयाँसम्म रहेको छ । 

व्यापारी नेपालले आफूले प्रतिकेजी एक हजार ३०० रुपैयाँभन्दा बढीमा बिक्री नगरेको बताए । पसलमा लैजाने व्यापारीहरूलाई भने खरिदको परिमाण र कारोबारलाई ध्यानमा राखेर प्रतिगोटा १० देखि २० रुपैयाँसम्म छुट दिने गरिएको उनले जानकारी दिए ।

यस वर्ष मुस्ताङबाट काठमाडौंसम्म च्याङ्ग्रा ल्याउनसमेत निकै कठिन भएको व्यापारीहरूको भनाइ छ । वर्षाका कारण सडक र पुलमा क्षति पुगेपछि ढुवानी प्रभावित भएको थियो । कतिपय स्थानमा खानपिन तथा बासको उचित व्यवस्था नहुँदा व्यापारी र च्याङ्ग्रा दुवैले समस्या भोग्नुपरेको थियो ।

क्षतिग्रस्त पुल तथा सडक पार गराउन डोजर र टिपरको सहयोग लिनुपरेको नेपालले बताए । च्याङ्ग्रा तार्न व्यापारीहरू आपसमा मिलेर काम गर्नुपरेको उनको भनाइ छ । ढुवानीका क्रममा विभिन्न कठिनाइ झेल्दै च्याङ्ग्रा काठमाडौं ल्याइएको उनले बताए ।

नेपालले यस वर्ष करिब पाँच सय च्याङ्ग्रा ल्याएका छन् । तीमध्ये दुई सय च्याङ्ग्रा कलंकी खसीबजारका व्यापारीलाई बिक्रीका लागि उपलब्ध गराएका छन् भने बाँकी ३५१ वटा च्याङ्ग्रा सल्लाघारीमा ल्याएका छन् । सल्लाघारीमा मंगलबारदेखि च्याङ्ग्राको बिक्री सुरु गरिएको हो ।

दसैँका लागि च्याङ्ग्रा खरिद गर्न उपत्यकाका विभिन्न स्थानबाट उपभोक्ता सल्लाघारी पुग्ने अपेक्षा व्यापारीहरूले गरेका छन् । मूल्यवृद्धि र ढुवानीमा कठिनाइ भए पनि दसैँको मागलाई लक्षित गर्दै व्यापारीहरूले च्याङ्ग्रा बिक्रीका लागि ल्याएका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ३ : ५१ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न