जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड « Khabarhub

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

'नेताको खल्तीबाट टिकट दिने परिपाटी अन्त्य’


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

उनले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भएको उल्लेख गर्दै उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने बताएका छन् ।

रास्वपा ललितपुर महानगरपालिकाद्वारा बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता खरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने बताए ।

फागुन २१ गतेको निर्वाचनमा प्राप्त सफलतामै सीमित भएर बस्न नहुने उल्लेख गर्दै उनले आगामी निर्वाचनमा थप ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यसहित पार्टी अघि बढ्नुपर्ने धारणा राखे ।

खरेलले वर्तमान सरकारका कामबाट जनता आशावादी र उत्साहित बनेको दाबी गर्दै सरकारले सुशासनका क्षेत्रमा गरेका काम तथा उपलब्धि जनतासमक्ष पुर्‍याउन पार्टी सफल भएको बताए । यद्यपि, अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

सरकारका कामले जनतामा उत्साह बढाएको र पार्टीका नेता तथा कार्यकर्ताको मनोबलसमेत उच्च बनेको उनले उल्लेख गरे।

आगामी निर्वाचनमा सफल हुन पार्टीले मुख्यतः दुई विषयलाई प्राथमिकता दिनुपर्ने खरेलको भनाइ छ। पहिलो, जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर कायम राख्दै उनीहरूका आवश्यकता, अपेक्षा र गुनासालाई नजिकबाट बुझ्नुपर्ने उनले बताए । 

जनतासँगको सम्बन्धमा कुनै पनि कमजोरी आउन नदिन पार्टीका नेता तथा कार्यकर्ता सचेत रहनुपर्नेमा उनले जोड दिए ।

दोस्रो, उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र योग्यतामा आधारित बनाउनुपर्ने उनले बताए । नेताको व्यक्तिगत निर्णय वा पहुँचका आधारमा टिकट वितरण गर्ने परिपाटी अन्त्य भएको उल्लेख गर्दै खरेलले उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड र योजनासहित अघि बढ्नुपर्ने सन्देश दिए ।

सरकारका उपलब्धि जनतासमक्ष पुर्‍याउने, जनतासँगको सम्बन्ध बलियो बनाउने र सङ्गठनको मनोबल उच्च राख्ने कामले आगामी निर्वाचनमा पार्टीको सफलताको आधार तयार गर्ने खरेलको भनाइ छ ।

कार्यक्रममा विभिन्न चाडपर्वको शुभकामना आदानप्रदानसँगै सरकारका काम, पार्टीको सङ्गठनात्मक अवस्था र आगामी स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ४ : ५२ बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी