परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट « Khabarhub

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

उनले नेपाल सरकार दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न परराष्ट्र मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए।

भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ४ : ५७ बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी