गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु « Khabarhub

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा ४२ वर्षीया लिला खत्री रहेकी छन्। उनलाई मादक पदार्थ सेवन गरेका ४६ वर्षीय देवर बलबहादुर खत्रीले कुटपिट गर्दा गम्भीर चोट लागेको थियो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराईबाट खटिएको टोलीले घाइते लिलालाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज पुर्‍याएको थियो। घटनामा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार २०८३ असोज २८ गते बिहान करिब ११ बजे लिलालाई उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट घर लैजाने क्रममा बाटोमा शंका लागेपछि गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराएका थिए।

जाँचका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : १६ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र