गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो गएको छ । यारू पुल नजिक बगरमा सुक्खा पहिरो खसेको हो ।
पहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक जिल्ला अधिकारी नेत्र प्रकाश शर्माले जानकारी दिए ।
घटनाबारे जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।
पहिरो खसेर ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।














प्रतिक्रिया