चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा सांसदहरूको छलफल « Khabarhub

चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा सांसदहरूको छलफल


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ ।

सभापति लामिछानेको निवासमा भएको छलफलमा चीन भ्रमणको तयारी, भ्रमणका उद्देश्य तथा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ । छलफलमा पार्टीका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ ।

यसअघि भ्रमण टोलीमा सहभागी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि छलफल गरेका थिए । सो अवसरमा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

रास्वपाका अनुसार भ्रमणका क्रममा दुवै देशका अनुभव आदानप्रदान गर्नुका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुनेछ ।

रास्वपा र सीपीसीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको पार्टीका प्रवक्ता जगदीश खरेलले बताए।

महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा चीन भ्रमणमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १२ : २० बजे

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी– तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे

चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा सांसदहरूको छलफल

काठमाडौँ– चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय

गोरखाको धार्चेमा भीषण पहिरो

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा भीषण

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

जनकपुरधाम– दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने