अमेरिकामा चार घण्टा हवाई उडान ठप्प, १५ हजारभन्दा बढी उडान प्रभावित « Khabarhub

अमेरिकामा चार घण्टा हवाई उडान ठप्प, १५ हजारभन्दा बढी उडान प्रभावित


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर करिब चार घण्टा उडान ठप्प भएको छ । यसबाट १५ हजारभन्दा बढी उडान ढिला तथा रद्द भएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार हवाई ट्राफिक नियन्त्रण केन्द्रका राडार र सञ्चार प्रणालीमा अवरोध आएपछि देशभरका विमानस्थलमा उडान रोक्नुपरेको थियो ।

अमेरिकी यातायातमन्त्री सन डफीले पुरानो प्रविधि र उपकरणमा आएको समस्याका कारण प्रणालीमा अवरोध भएको बताएका छन्। उनका अनुसार पुराना राउटर, स्विच र सञ्चार लाइनमा अत्यधिक भार परेपछि समस्या देखिएको हो ।

गृह सुरक्षा सचिव मार्कवेन मुलिनले भने उक्त घटना साइबर आक्रमणका कारण भएको कुनै प्रमाण नरहेको स्पष्ट पारे ।

उडान अनुगमन गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शुक्रबार राति ९ बजेसम्म अमेरिकामा आठ हजारभन्दा बढी उडान ढिला भएका थिए भने सात हजार उडान रद्द भएका थिए ।

सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकामा देशव्यापी उडान रोकिएको यो दोस्रो घटना हो । यसअघि सन् २०२३ मा उडानसम्बन्धी सूचना प्रणालीमा आएको खराबीका कारण देशभर उडान रोकिएको थियो ।

घटनाबारे अनुसन्धान गर्न अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले माग गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १ : २० बजे

अमेरिकामा चार घण्टा हवाई उडान ठप्प, १५ हजारभन्दा बढी उडान प्रभावित

एजेन्सी – अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार