परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए « Khabarhub

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । ।

तुर्कीएको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता त्यसतर्फ प्रस्थान गरेका मन्त्री खनाल शनिबार स्वदेश फर्किएका हुन् ।

कोप–३१ मा नेपालले हिमाल तथा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, अनुकूलन तथा हानि–नोक्सानीका लागि वित्तीय सहयोग र बहुप्रकोपीय पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयलाई प्राथमिकताका साथ उठाएको उनले बताए ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले कोप सम्मेलनका उच्चस्तरीय बैठकमा सहभागी भएर नेपालको तर्फबाट विशेषगरी हिमाल तथा पर्वतीय मुलुकका एजेन्डालाई सम्मेलनको प्रक्रियामा स्थापित गर्न प्रयास गरिएको बताए।

यस वर्षको कोप सम्मेलनले कुनै न कुनै रूपमा पर्वतीय मुलुकका एजेन्डालाई सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको उनको भनाइ थियो ।

सम्मेलनका क्रममा मन्त्री खनालले ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्यकार्यक्रम स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । उनले विश्वव्यापी अनुकूलन लक्ष्य तथा नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्नुपर्ने धारणा राखेका थिए।

त्यसैगरी, नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था आईसीआईएमओडी र जोइ इनभाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

कोप–३१ अन्तर्गतका बाँकी बैठक तथा वार्तामा भने कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १ : २९ बजे

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

अमेरिकामा चार घण्टा हवाई उडान ठप्प, १५ हजारभन्दा बढी उडान प्रभावित

एजेन्सी – अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा