पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु « Khabarhub

पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच शुक्रबार रातिदेखि सुरु भएको छ । पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा विशेष पूजाआजासहित नाचको प्रदर्शन सुरु गरिएको हो ।

मल्लकालीन इतिहास र संस्कृतिसँग जोडिएको कार्तिक नाचमा झन्डै एक दर्जन विभिन्न नाच प्रदर्शन गरिन्छन् । भगवान् विष्णुका १७ वटा कथामा आधारित रहेको मानिने यस नाचमा हरेक दिन फरकफरक कथाअनुसारका लीला तथा नृत्य प्रस्तुत गरिन्छन् ।

इतिहासअनुसार नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले कार्तिक नाचको सुरुवात गरेका थिए । ललितपुरका बासिन्दालाई भय र त्रासबाट मुक्त गराउने उद्देश्यले उनले यो नाच सुरु गरेको जनविश्वास छ । सुरुमा पाँच दिनसम्म मात्र प्रदर्शन गरिने यो नाचलाई पछि विस्तार गरिएको थियो ।

राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ‘बाथः प्याखँ’ अर्थात् लोकनाटक, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर नाचको अवधि १५ दिन पुर्‍याएको संस्कृतिविद्हरू बताउँछन् ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचले मल्लकालीन कला, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै आएको छ । हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने यो नाच अवलोकन गर्न स्वदेशी तथा विदेशी दर्शक पाटन पुग्ने गर्छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  २ : ४० बजे

छठमा उखुको विशेष महत्व, माग बढ्यो

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु

ललितपुर– ललितपुरको पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम – बहुमत जुटाउन नसक्ने भएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको