छठमा उखुको विशेष महत्व, माग बढ्यो « Khabarhub

छठमा उखुको विशेष महत्व, माग बढ्यो


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बिक्री गर्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वमा पूजाका लागि आवश्यक पर्ने उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्रीमा व्यस्त भएका छन् ।

सिरहाको गोलबजारसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा किसानहरूले सडक किनारमै उखु राखेर बिक्री गरिरहेका छन् । पर्व नजिकिएसँगै किसानहरूले खेतबाट उखु काटेर बजारमा ल्याउन थालेका हुन् ।

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यसको विशेष महत्व छ । यही कारण छठका बेला उखुको माग बढ्ने गरेको छ ।

स्थानीय किसान ओमकुमार महतोका अनुसार गोलबजारमा प्रतिघरी २५ रुपैयाँका दरले उखु बिक्री भइरहेको छ ।

छठपर्वले धार्मिक तथा सांस्कृतिक महत्वलाई निरन्तरता दिनुका साथै स्थानीय किसानलाई कृषि उत्पादन बिक्री गरेर आम्दानी गर्ने अवसरसमेत दिएको छ । पर्व नजिकिँदै जाँदा बजारमा उखु किन्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : ०५ बजे

कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच सांसद टर्कीए जाँदै

काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र

छठमा उखुको विशेष महत्व, माग बढ्यो

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु

ललितपुर– ललितपुरको पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम – बहुमत जुटाउन नसक्ने भएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद