काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र जलवायु न्यायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन नेपालका पाँच जना सांसद संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी हुने भएका छन् ।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय संसदीय टोली टर्कीए जान लागेको हो ।
सभामुखस्तरीय निर्णयअनुसार सम्मेलनमा सहभागी हुने सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन् ।
टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ ।














प्रतिक्रिया