सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा « Khabarhub

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष बिहीन भएको छ ।

सभापति देउवाले बोलाएपछि वार्ताका लागि महाराजगञ्ज पुगेका महामन्त्रीद्वय र सभापतिबीच झण्डै डेढ घण्टा वार्ता भएपनि कुरा नमिलेपछि उनीहरु त्यहाँबाट बाहिरिएका हुन् ।

वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।

ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।

सभापति देउवासँग वार्ता चलेकाले बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि बस्न सकेको छैन ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : ४७ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर