बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ « Khabarhub

बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने निर्णय भएको सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन्।

बुधबार महाराजञ्जमा भएको डेढ घण्टा लामो छलफलमा कुरा नमिलेपछि अझै बसेर सहमति खोजिने पाण्डेले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बसेर टुङ्ग्याउने छलफल भइरहेको पाण्डेले बताएका छन् ।

‘बाहिर जे आएका छन्, ती केबल कुरामात्रै हुन्, सहमतिको बिन्दुमा पुगिसकेको अवस्था छैन’, उनले भने, ‘शीर्ष तहका नेता र महामन्त्री बसेर टुंग्याउने कुरा भएको छ । उहाँहरूले सहमतिको बिन्दु भेट्टाउने कुरामा ढुक्क छौँ।’

कांग्रेस सभापति देउवाले आफूले पदबाट राजीनामा दिन मानेका छैनन् । उनले पूरा जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत दिन इन्कार गरेका छन् ।

त्यसैगरी पार्टीले विशेष महाधिवेशनको अपनत्व ग्रहण गर्ने विषयमा पनि कुरा मिलेको छैन । उता आगामी फागुन २१ गतेको प्रतिनधिसभा निर्वाचनमा नेकपा एमालेसहितका दलसँग गठबन्धन नगर्ने लगायतका कुरामा पनि दुवै पक्ष टुङ्गोमा पुगेका छैनन् ।

त्यसैगरी मध्यमार्गी मोडलमासमेत सभापति देउवा सकारात्मक नभएको महामन्त्रीद्वयले बताएका छन् । मूल कुरा देउवाले नेतृत्वबाट बिदा हुन आनाकानी गर्दा कांग्रेसमा हलो अड्किएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ०२ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण