राष्ट्रिय लिग फुटबल आजदेखि, उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा « Khabarhub

राष्ट्रिय लिग फुटबल आजदेखि, उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा हुनेछ ।

यस्तै, आजै दिउँसो ३ बजे हुने दोस्रो खेलमा भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका चार गरी १७ टोली सहभागी छन् । राष्ट्रिय लिगमा ए–डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब सहभागी छन् ।

त्यस्तै एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका लालीगुराँस एशोसियनस, चित्लाङ क्लब, नव जनजागृति क्लब र काक्रेविहार स्पोट्र्स क्लब सहभागी छन् ।

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : ०७ बजे

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको