सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प « Khabarhub

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

प्रकाशशरण भन्छन् : महामन्त्रीले चुनाव नलड्नु भनेका छैनन्


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले पार्टीलाई फुट्नबाट जोगाउन अन्य विकल्प अघि सारेका छन् ।

बुधबार बिहान भएको वार्ताका क्रममा सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासामु ती विकल्प अघि सारेको प्रवक्ता डा. प्रकाशशरण महतले सानेपामा बताएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपामा पुगेका उनले महामन्त्रीद्वयले सभापति देउवालाई चुनावमा नलड्नु नभनेको दाबी पनि गरेका छन् ।

‘महामन्त्रीहरूले सभापति देउवालाई चुनाव नलड्नू भनेका छैनन् । बुधबारको बैठकमा पनि त्यो भनेको हो भनेर सोध्दा उनीहरू दुवैले होइन होइन भने’, महतले अगाडि भने, ‘उहाँले त टिकट वितरणका लागि आफूले हस्ताक्षरसमेत नगर्ने बताउनु भएको छ।’

देउवाले चार दिनदेखि जारी विशेष महाधिवेशनका एजेन्डाहरूलाई केन्द्रीय कार्यसमितिले पास गरेर जाने विकल्प पनि महामन्त्रीद्वयलाई दिएको महतले बताए ।

‘उहाँले त पहिले पनि समानुपातिक टिकटसमेत सल्लाहले बाँडौँला भनेको हो । यस पटक प्रत्यक्षको टिकट बाँड्दा पनि आफू हस्ताक्षर त्याग्न तयार रहेको बताउनु भएको छ। मेरो हस्ताक्षरले केही समस्या हुन्छ भने म अर्को व्यक्तिलाई जिम्मा दिन तयार छु । कांग्रेस महत्वपूर्ण हो, मेरो हस्ताक्षर महत्वपूर्ण होइन भनेर सभापतिले भन्नु भएको छ।’

महतले एकता नभाँडियोस् भन्न देउवा हदैसम्म लचिलो रहेको पनि ताए । ‘उहाँले तपाईंहरू सबै मिलाउनुस् भन्नु भएको छ। एकता नभाँडियोस् भन्नु भएको छ। मसँग भएको यही हस्ताक्षरको अधिकार पनि छाडिदिन्छु भनिरहनु भएको छ’, महतले भने, ‘उहाँले यो पार्टी फुट्नु हुँदैन, तपाईंहरूको पनि धेरै ठूलो भविष्य छ । पार्टी एकता बचाउन मैले के गर्नुपर्छ तयार छु भनिरहनु भएको छ।’

देउवाले बुधबारको वार्तामा हिजोका दिनमा पनि आफू उदार रहेको बताएका थिए । ‘मैले हिजोका दिनमा पनि उदारताका साथ सबैको कुरा सुनेर अघि बढेको हो । सांसदको टिकटमा अरू कसैलाई हस्ताक्षरको अधिकार दिँदा एकता कायम हुन्छ भने तयार छु’, देउवाको भनाइबारे महतले भने, ‘केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर राष्ट्रियसभा र समानुपातिकको टिकटमा मेरो हस्ताक्षर गएको छ। प्रत्यक्षको टिकटमा अरू कसैको हस्ताक्षर दिनुपर्छ भने म दिन तयार छु ।’

पार्टी एकताका लागि आफूले सबै अधिकार त्याग्न तयार रहेको देउवाले बताएका थिए । तर उनले अहिले नै नेतृत्व छाड्न नमान्दा कुरा मिलेको छैन । ‘पार्टी फुट्नु हुँदैन भनेर महामन्त्रीद्वयलाई सबै कुरा भन्नु भएको छ। न्यायोचित टिकट वितरणका कुरामा आफू तयार रहेको बताउनु भएको छ। टिकटबारे संसदीय बोर्ड गठन गरौँ, त्यसैले सबै कुरामा टुंग्याउँछ भन्नु भएको छ’, महतले भने, ‘विशेष महाधिवेशनमा भएकाभ नीतिगत कुराहरूलाई पनि केन्द्रीय कार्यसमितिमा लैजाऊँ भन्नु भएको छ । पार्टी एकतामा लाग्नुस् भन्नु भएको छ।’

तर महामन्त्रीद्वयले माग गरेको सभापति पद त्याग्नुपर्ने र आगामी संसदीय चुनावमा लड्न नहुने कुरामा देउवाले सहमति जनाउन नसक्दा कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ४७ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ