कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू) « Khabarhub

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागि हुन संस्थापनका नेताहरु सानेपामा भेला भइरहेका छन् । 

बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । यो बैठकले दोस्रो विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई कारबाहीको तयारी गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले केही बेरमा केन्द्रीय कार्यसमिति बैठक बसेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको तयारी गरेको बताएका छन् ।

बरालका अनुसार महामन्त्रीद्वयले सभापति देउवा नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गतेको चुनाव पनि नलडी आराम गर्नुपर्ने भनेर राखेको शर्तमा कुरा मिलेन । अरू सबै विषयमा सहमति जुट्ने अवस्था देखिए पनि देउवाले नेतृत्व नछाड्ने अड्डी कसेपछि कांग्रेस इतिहासमै तेस्रो पटक फुटतर्फ अग्रसर भएको हो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ०९ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको