अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य « Khabarhub

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाइएको बताएका छन् ।

उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संवाद र सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जनाउँदै भने, ‘हामीले सहमतिको आधार तयार गरेर पठाइसकेका छौँ। अब उहाँहरूको प्रतिक्रिया पर्खिरहेका छौँ ।’

यस्ता छन् आठ बुँदाहरू 
१. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
२. विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
३. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
४. चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
५. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
६. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
७. उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
८. विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ३६ बजे

दोलखामा हवाई फायर, मतदान स्थगित

काठमाडौं– दोलखाको तामाकोशीस्थित मालु मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको

देशभर ५.४७ प्रतिशत मत खस्यो

काठमाडौं– निर्वाचन आयोगका अनुसार देशभर ५. ४७ प्रतिशत मतदान भएको छ

सुदुपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन 

काठमाडौं– आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र

गृहमन्त्रीसहित उच्च अधिकारीको टोलीबाट निर्वाचनको मनिटरिङ

काठमाडौँ – निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

बाबुराम भट्टराईले गरे मतदान

गोरखा– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।