चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो « Khabarhub

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार ‘योगान–५० ०१’ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। 

यो उपग्रह लङ मार्च–६ रकेटको परिमार्जित संस्करणबाट राति १०ः१६ बजे (बेइजिङ समय) ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पठाइएको थियो । प्रक्षेपणपछि उपग्रहले आफ्नो निर्धारित कक्षमा प्रवेश गरेको छ ।

उपग्रहको मुख्य उद्देश्य राष्ट्रिय भूमिको सर्वेक्षण गर्नु, बाली उत्पादनको अनुमान लगाउनु र प्रकोप रोकथाम तथा व्यवस्थापनमा सहयोग पुर्‍याउनु हो। यसका साथै यसले आपतकालीन अवस्थाहरूमा डेटा उपलब्ध गराएर प्रभावकारी तयारीमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाको ६२४ औँ उडान हो, र चीनको सन् २०२६ को पहिलो सफल कक्षीय प्रक्षेपण पनि हो । विशेषज्ञहरूले यस प्रक्षेपणलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण कदम र प्रविधिमा निरन्तर प्रगतिको प्रमाणको रूपमा लिएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ४२ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय