काठमाडौं – नेपाली कांग्रेसको १८ पुसमा बसेको कार्यसम्पादन समितिले आगामी वैशाखमा आयोजना हुने १५ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने निर्णय गरेको छ।
उक्त निर्णयलाई पार्टीको केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको जानकारी दिइएको छ।
कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको तयारीलाई द्रुत गति दिने विषयमा छलफल भएको र सदस्यहरुलाई समयसीमा अनुसार तयारी पुरा गर्न निर्देशन दिइएको जनाइएको छ।
नयाँ कार्यतालिकाअनुसार उम्मेदवारको दर्ता, मतदान प्रक्रिया र परिणाम घोषणा गर्ने समय निश्चित गरिनेछ।













प्रतिक्रिया