गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन « Khabarhub

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ।

सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त कारबाही गरिएको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा दिएका हुन् ।

यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको थियो । तर ती प्रस्तावमध्ये सभापति देउवाले नेतृत्व छाड्न मानेनन् । त्यस्तै आगामी चुनाव पनि नलड्ने कुरा उनले स्वीकार्न मानेनन् ।

चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको चयनले गति लिइरहेको अवस्थामा अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरिएको थियो । तर त्यसमा सहमत नभएको संस्थापनले तीन नेतालाई पार्टीबाटै निष्कासित गर्ने निर्णय सुनाएको हो ।

सहमतिका ती बुँदामा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव अगाडि सारिएको थियो।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३७ बजे

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न