काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरू भएको छ।
भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थलमा अहिले महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी थालेका छन् ।
उनीहरूले देउवाविरुद्ध देश छोड्नसहितका नारा लगाइरहेका छन् । गगन र विश्वले विशेष महाधिवेशनमा बहुमत अर्थात् ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित गराएका छन् । त्यसैगरी बहुमतको कदर गर, नेपाली जनता के भन्छ, गगन-विश्व ले भन्छ, निरंकुशता मान्दैनौँ जस्ता नाराबाजी उनीहरूले गरिरहेका छन्।
कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको उनले बताए ।
















प्रतिक्रिया