गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी « Khabarhub

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरू भएको छ।

भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थलमा अहिले महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी थालेका छन् ।

उनीहरूले देउवाविरुद्ध देश छोड्नसहितका नारा लगाइरहेका छन् । गगन र विश्वले विशेष महाधिवेशनमा बहुमत अर्थात् ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित गराएका छन् । त्यसैगरी बहुमतको कदर गर, नेपाली जनता के भन्छ, गगन-विश्व ले भन्छ, निरंकुशता मान्दैनौँ जस्ता नाराबाजी उनीहरूले गरिरहेका छन्।

कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ०१ बजे

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको

मतदानका लागि बालकोटस्थित मतदान केन्द्रमा पुगे ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान