मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम « Khabarhub

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको सङ्ख्या पाँच हजार ७६८ र पुरुष मतदाताको सङ्ख्या पाँच हजार ५५९ रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुस्ताङका पाँच स्थानीय तहका कूल मतदाता सङ्ख्याको अनुपातमा पुरुष मतदाताको सङ्ख्याभन्दा महिला मतदाताको सङ्ख्या एक दशमलव ८४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

यसअघि २०७९ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङका पाँच पालिकामा गरी कूल दश हजार ९५६ जना मतदाता थिए । निर्वाचन अधिकारी ज्ञवालीका अनुसार मुस्ताङको घरपझोङमा १७८, थासाङमा  ९०, वारागुङ मुक्तिक्षेत्रमा ९१, लोघेकर दामोदरकुण्डमा नौ र लोमान्थाङ गाउँपालिकामा तीन जना नयाँ मतदाता थपिएका हुन् ।

    सबै मतदान केन्द्र सडक सञ्जालमा

मुस्ताङका ३९ वटै मतदान केन्द्र तथा मतदानस्थलमा सडकको पहुँच पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सडकको पहुँच पुगेका अधिकांश मतदान केन्द्र तथा मतदानस्थल कच्ची सडक सञ्जाल विस्तार भएका निर्वाचन अधिकारी ज्ञवालीले बताए।

निर्वाचन कार्यालयका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङस्थित समजुङ मतदान स्थल खारेज गरी लोमान्थाङ–२ छोसेरस्थित दिव्यदीप माध्यमिक मतदान केन्द्रमा गाँभिएको छ। 

यसैगरी लोघेकर दामोदरकुण्ड–५ याराका मतदातालाई मतदान गर्न सजिलो बनाउने उद्देश्यले उक्त स्थान नजिकै अर्को मतदानस्थल थप गरिएको छ । 

    साङ्ता मतदानस्थल कठिन

 मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ वारागुङ मुक्तिक्षेत्र–५ अन्तर्गतको साङ्ता गाउँमा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीका साथै यहाँका मतदातालाई सेताम्मे हिउँले भरिएको सडक पार गरेर काममा खटिन र मतदान गर्न जान पजि असहज हुनसक्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो । गत कात्तिक १० गतेको भारी हिमपातका कारण मुस्ताङको साङ्ता सडक सेताम्मे हिउँका कारण एक महिनाअघिदेखि अवरुद्ध छ ।

 साङ्ता गाउँमा यसअघिको निर्वाचनमा ३४ जना मतदाता थिए । यहाँका नागरिक अहिले जाडो छल्न गाउँ छोडेर फल्याक, धार्काजुङ र जोमसोम गएर  बसेका छन् । कतिपय पोखरा र काठमाडौँ झरेका छन् । साङ्ता गाउँका स्थानीय जाडो छल्न पारिलो स्थानमा झरेको गर्मीयाम लागेपछि चैत–वैशाखमा मात्रै साविककै स्थानमा फर्किन्छन् । 

साङ्ता गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले गाउँ जाने मुस्ताङ–डोल्पा सडकमा हिउँ जमेर बसेकाले यहाँसम्म पुग्न कठिन हुनसक्ने बताए। हिउँदयामको हिउँ चैत–वैशाखसम्म नपग्लिने भएकाले यहाँका सडकमा डोजरले हिउँ पन्छ्याउन सकेमात्रै सवारीसाधन लैजान सकिने उनले जानकारी दिए ।

“गाउँका सबै नागरिक अहिले बाहिर छन्, भोट हाल्ने बेलामा पनि फर्किंदैनन् होला । भोट खसाल्न सुरक्षाकर्मी, पार्टी तथा अन्य सरोकार भएका निकायको समन्वयमा मतदाता लैजाने व्यवस्था गर्नुपर्छ”, वडासदस्य गुरुङले भने, “फागुनमा पनि हाम्रो गाउँमा अत्यधिक चिसो हुन्छ ।”

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ११ बजे

देशभर ५.४७ प्रतिशत मत खस्यो

काठमाडौं– निर्वाचन आयोगका अनुसार देशभर ५. ४७ प्रतिशत मतदान भएको छ

सुदुपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन 

काठमाडौं– आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र

गृहमन्त्रीसहित उच्च अधिकारीको टोलीबाट निर्वाचनको मनिटरिङ

काठमाडौँ – निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

बाबुराम भट्टराईले गरे मतदान

गोरखा– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

विरोधपछि बालेन सवार झापामा अवरण नगरी काठमाडौं फर्कियो

काठमाडौं- काठमाडौंमा मतदान झापातिर लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता