गगनको जवाफ : कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ « Khabarhub

गगनको जवाफ : कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि उनले बताए ।

‘कांग्रेस कसैको निजी कम्पनी होइन । ठिक छ पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि । तर मलाई कारबाही गर्नुअघि एक पटक लिखित या मौखिक स्पष्टीकरण सोधिनुपर्दैन ?’, उनले भने, ‘पार्टी विभाजित भएको छैन। हामी विशेष महाधिवेशनको हलमा छौँ । हामी सत्यको पक्षमा उभिएका छौँ । हामी कसैसँग डराउँदैनौँ । जो सत्यको पक्षमा उभिन्छ, उसले मर्यादा राख्नुपर्छ । हामी सत्यको पक्षमा उभिएका छौँ, हामी जित्छौँ ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३५ बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब