गगनको जवाफ : कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ « Khabarhub

गगनको जवाफ : कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि उनले बताए ।

‘कांग्रेस कसैको निजी कम्पनी होइन । ठिक छ पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि । तर मलाई कारबाही गर्नुअघि एक पटक लिखित या मौखिक स्पष्टीकरण सोधिनुपर्दैन ?’, उनले भने, ‘पार्टी विभाजित भएको छैन। हामी विशेष महाधिवेशनको हलमा छौँ । हामी सत्यको पक्षमा उभिएका छौँ । हामी कसैसँग डराउँदैनौँ । जो सत्यको पक्षमा उभिन्छ, उसले मर्यादा राख्नुपर्छ । हामी सत्यको पक्षमा उभिएका छौँ, हामी जित्छौँ ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३५ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर