‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’ « Khabarhub

‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई कसैको पनि प्राइभेट कम्पनी बनाउन खोजिने कदमविरुद्ध आफूहरू उभिएको बताएका छन् ।

विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूलाई गरिएको कारबाहीको पनि कुनै कानुनी अर्थ नरहेको बताएका छन् ।

‘मलाई कारबाही गर्न सोधपुछ गर्नु पर्दैन, स्पष्टीकरण सोध्नु पर्दैन ?’, उनले भने, ‘निर्वाचन आयोग गएर, सबै तयारी गरेर हामीलाई अलमलमा पारियो । तर यो यो कसैको प्राइभेट कम्पनी होइन ।’

उनले वार्ताका नाममा अर्को तयारी गरेर आफूहरूलाई अलमल्याउने काम भएको पनि बताए । थापाले विशेष महाधिवेशनमा बहुमत आफूहरूको भएकाले निर्वाचन आयोगले निर्णय स्वीकार गर्ने पनि बताएका छन्।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ४२ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर