गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ « Khabarhub

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ । 

युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरूसँगको नियमित  साक्षातकारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा  एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि हरेक दिन मारिने हरुमा लगभग एक जना बालबालिका रहेको जनाएका छन् ।

गाजा पट्टीमा इजरायली बमबारी निरन्तर चलिरहेको उल्लेख गर्दै उनले गाजामा मानव जीवन असहज बन्दै गरिरहेको बताए । 

मृत्यु भएका बालबालिकाहरुमा ६० जना केटाहरू र ४० केटीहरूको भएको उल्लेख गर्दै सबैको मृत्यु इजरायली सैन्य आक्रमणहरूको कारण भएको एल्डरले बताएका छन् ।

पछिल्लो आधिकारिक तथ्यांकका अनुसार सन् २०२३ अक्टोबर– ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ७१ हजार ४२४ पुग्नुका साथै एक लाख ७१ हजार ३२४ घाइते भएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ५८ बजे

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि