बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू) « Khabarhub

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा  तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु लगायतका खाद्य वस्तुको व्यापार  बढेको छ । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो ।

ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ । 

माघे संक्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु खाने प्रचलन छ। तरुल र सखरखण्ड दुवै कन्दमूल अर्थात् माटोमुनि फल्ने आहार हुन्। यी दुवै फल कार्बोहाइड्रेटको राम्रो स्रोत हुन् । संक्रान्तिको पूर्वसन्ध्यामा बजारमा किनमेल बढेको छ । 

माघे सङ्क्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड तथा पिँडालु र चाकुको बिक्री बढेको छ । कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ । 

उपत्यकाको मुख्य तरकारी बजार कालिमाटीमा मुख्यतया सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट तरुल आउने गरेको व्यवसायी बताउँछन् । पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने अनि माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ३० बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय